कम्बोडियामा मृत्यु भएका पाण्डेप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

हिमाल प्रेस १६ पुष २०७९ ११:२४
6
SHARES
कम्बोडियामा मृत्यु भएका पाण्डेप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त फाइल तस्बिर।

काठमाडौँ- कम्बोडियाको एक होटेल क्यासिनोमा भीषण आगलागीको कारण झापा विर्तामोड नगरपालिका १ का निराकर पाण्डे सहित १९ जनाको निधन भएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुस्ख व्यक्त गर्दै गरेका छन्।

साथै निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। पाण्डको शवलाई नेपाल ल्याउन समेत पहल गरेका छन्। थाइल्यान्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल भएको आगलागीमा परी झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको बिहीबार मृत्यु भएको थियो।

उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम्फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भिडिओमा कुराकानी गरेका थिए। पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए।

प्रकाशित: १६ पुष २०७९ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =