सरकारमा जाने बारे छलफल गर्न प्रचण्डलाई भेट्दै माधव नेपाल

हिमाल प्रेस १३ पुष २०७९ ८:३६
16
SHARES
सरकारमा जाने बारे छलफल गर्न प्रचण्डलाई भेट्दै माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने भएका छन्।

सत्ता समीकरण र विकसित राजनीतिक घटनाक्रमका बारे बुझ्न नेपालले प्रचण्डलाई भेट्न खोजेका हुन्। नेपाल र प्रचण्डबीच भेट्न ठाउँको पक्का भएको छैन।

‘खुमलटारमै पनि हुन सक्छ वा बाहिर पनि। आजको छलफल अलि खास छ,’ समाजवादीका महासचिव वेदुराम भुसालले हिमाल प्रेससँग भने,‘हामीसँग छलफल नै नगरी प्रचण्डले नयाँ गठबन्धन बनाउनुभयो। खोला तर्‍यो, लौरो बिर्सियो जस्तो भयो,’ भुसालले भने।

आजको छलफलबाट सरकारमा जाने वा नजाने बारे छलफल हुने भुसालको भनाइ छ।

प्रकाशित: १३ पुष २०७९ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =