‘गोल्डेन हेन्डसेक’ लिन बाँकी अस्थायी शिक्षकले ३० दिनभित्र निवेदन दिनुपर्ने

हिमाल प्रेस १२ पुष २०७९ १६:२८
254
SHARES
‘गोल्डेन हेन्डसेक’ लिन बाँकी अस्थायी शिक्षकले ३० दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौँ-  गोल्डेन हेन्डसेक (अस्थायी शिक्षकले पाउने सेवा सुविधा) लिन बाँकी अस्थायी शिक्षकले ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा निवेदन पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ। केन्द्रले सूचना जारी गर्दै सेवा सुविधा लिन छुट भएका शिक्षकको आवेदन पेस गर्न शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको हो।

२०७३ असार १५ गतेसम्म अस्थायी शिक्षकको रूपमा निरन्तर काम गरी शिक्षा ऐन, २०२८ (संसोधन सहित) को दफा ११ (च)को उपदफा ९ अनुसार सुविधा प्राप्त गर्ने गरी उक्त ऐनको दफा ११ (च)को उपदफा १० बमोजिम स्वतः अवकाश भएका शिक्षकहरूका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २०७५ चैत ११ को सचिवस्तरीय निर्णयअनुसार सेवासुविधा दिने भनिएको थियो। केहीले सुविधा नलिएकाले ३० दिनभित्र लिइसक्न केन्द्रले सूचित गरेको छ।

केन्द्रले शिक्षकहरूको आवश्यक कागजातसहितको विवरण तोकिएको अवधिभित्रै रुजु तथा प्रमाणित गरी समयमै पठाउन एकाइलाई निर्देशन दिएको छ।

प्रकाशित: १२ पुष २०७९ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =