बोर्डले गर्‍यो फिल्म प्रदर्शनसम्बन्धी नियम संशोधन

हिमाल प्रेस १२ पुष २०७९ १२:१७
6
SHARES
बोर्डले गर्‍यो फिल्म प्रदर्शनसम्बन्धी नियम संशोधन

काठमाडौँ- चलचित्र विकास बोर्डले फिल्म प्रदर्शन गर्नुअघि सेन्सर सिफारिस लिने नियम परिमार्जित गरेको छ।

यसअघि सात दिनअगाडि सेन्सरका लागि आवेदन पेस गर्नुपर्नेमा अब चार दिनअगावै पेस गर्न सकिनेछ।

पुस ११ मा भएको बोर्डको बैठकले नियम संशोधन गरेको हो। जसअनुसार सात दिनअगाडि दर्खास्त पेस गर्नुपर्नेमा अब चार दिनअगाडि गर्न सकिनेछ।

त्यस्तै बैठकबाट राति ११ बजेपछि आवश्यक शान्ति-सुरक्षाको व्यवस्था सुनिश्चित गरी फिल्म प्रदर्शन गर्न सकिने र त्यसका लागि बोर्डबाट अनुमति लिनुपर्ने निर्णय पनि गरेको छ।

यसअघि राति ११ बजेसम्ममात्र फिल्म प्रदर्शन गर्न सकिने र त्यसपछि प्रदर्शन गर्नुपरे सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई जानकारी गराउनुपर्ने प्रावधान थियो।

प्रकाशित: १२ पुष २०७९ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =