कोभिड- १९ को जोखिम पुन: बढेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

हिमाल प्रेस ११ पुष २०७९ १५:३५
4
SHARES
कोभिड- १९ को जोखिम पुन: बढेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

विराटनगर– विश्वमा कोभिड- १९ को जोखिम पुन: बढेकाले स्वास्थ्य मापदणड पालना गर्न सरोकारवालाहरूले आग्रह गरेका छन्। सोामबार विराटनगरमा आयोजित सरोकारवाला संस्थाबीच भएको अन्तर्क्रियामा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।

यतिबेला कोभिडले विश्वलाई आक्रान्त पार्न थालेको र यसको चपेटामा परेर मृत्युदर पनि तीव्र गतिले बढिरहेको भन्दै स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने उनीहरूको जोड छ। विराटनगर महानगरपालिकाले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा संघीय र प्रदेश सरकार, स्थानीय तह, निजी संस्था, सञ्चारकर्मी, सुरक्षाकर्मी, चिकित्सक, अस्पताल, मेडिकल कलेज, निजी अस्पताललगायत विभिन्न निकायको कोभिड रोकथामका लागि जिम्मेवारीपूर्ण भूमिका हुने प्रष्ट पारिएको थियो।

कार्यक्रममा महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले कोभिड-१९ को पहिलो र दोस्रो लहरमा देखिएका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने बताए। उनले खोप र स्वास्थ्यमापदण्डको अनिवार्य पालनाले जोखिम कम हुने बताए।

महानगरका वडाध्यक्षका तर्फबाट वडा १३ का वडाध्यक्ष सूर्यलाल यादवले विराटनगरका आँखा अस्पतालमा नेपालबाट मात्र नभइ भारतबाट बिरामी उपचारका लागि आउने भएकाले त्यस्तो ठाउँमा खोपदेखि कोभिड परीक्षण सञ्चालन गर्नुपर्ने उल्लेख गरे। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले कोभिड-१९ का कारण जस्तोसुकै विषम स्थिति आए पनि महानगर सामना गर्न तयार रहेको जानकारी गराए।

प्रकाशित: ११ पुष २०७९ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =