गठबन्धन बैठकअघि प्रचण्ड र सीके राउतबीच छलफल

हिमाल प्रेस ११ पुष २०७९ १२:११
14
SHARES
गठबन्धन बैठकअघि प्रचण्ड र सीके राउतबीच छलफल

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारे जनमत पार्टीका अध्यक्ष सीके राउत छलफलमा छन्।

अहिले प्रधानमन्त्री प्रचण्ड र राउतबीच बानेश्वरमा गोप्य छलफल चलिरहेको छ। राउत सहभागिता बारे अहिले सम्म स्पष्ट छैनन्।

उपयुक्त मन्त्रालय पाए मात्रै सरकारमा जाने उनको तयारी छ।

जनमतले हिजो प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएको थियो। केही समयपछि नै एमाले-माओवादीको गठनको बैठक बानेश्‍वरमा बस्दैछ।

प्रकाशित: ११ पुष २०७९ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =