प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति स्वतन्त्र पार्टीका गणेश कार्कीको असहमति

हिमाल प्रेस ११ पुष २०७९ ९:३६
10
SHARES
प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति स्वतन्त्र पार्टीका गणेश कार्कीको असहमति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका छन्।

रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै उनले असहमति जनाएका हुन्। रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरूबीच छलफल चलिरहेको छ।तर केन्द्रीय सदस्य कार्कीले भने चुनावमा आफूहरुले ‘हामी अलग छौँ, अलग रहनेछौं र अलग गर्नेछौँ’ भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रकाशित: ११ पुष २०७९ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =