प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे

हिमाल प्रेस ११ पुष २०७९ ७:३५
4
SHARES
प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज हुने भएको छ।

सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो। उनलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा अधिकारीले दिए।

हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीले पनि आजै शपथ लिनेछन्।

प्रकाशित: ११ पुष २०७९ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =