हिमाली भेगमा हिमपातको सम्भावना

हिमाल प्रेस १० पुष २०७९ ७:२०
4
SHARES
हिमाली भेगमा हिमपातको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हिमाली क्षेत्रमा आज (आइतबार) हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।

महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्य तया सफा रहने जनाएको छ ।

चिसो बढेसँगै देशका अधिकांश भूभागको तापक्रम घट्दै गइरहेको छ। तराईका केही जिल्लामा बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ। यस्तो अवस्था आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १० पुष २०७९ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =