आईपीएल २०२३ : कुरान, ग्रिन र स्टोक्स बने तीन महंगा खेलाडी

हिमाल प्रेस ८ पुष २०७९ २०:२२
आईपीएल २०२३ : कुरान, ग्रिन र स्टोक्स बने तीन महंगा खेलाडी

काठमाडौँ- इंग्ल्यान्डका अलराउन्डर साम कुरान इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक महंगा खेलाडी बनेका छन्। नयाँ सिजनका लागि शुक्रबार भएको मिनी–अक्सनमा कुरान १८ करोड ५० लाख भारुमा बिक्री भएका हुन्। उनलाई पंजाब सुपर किंग्सले खरिद गरेको हो।

कुरानमाथि गरिएको खर्च आईपीएलमा कुनै पनि खेलाडीमाथि गरिएको सर्वाधिक खर्च हो। यसअघि आईपीएलमा दक्षिण अफ्रिकाका क्रिस मोर्गान सबैभन्दा महंगा खेलाडी बनेका थिए। सन् २०२१ मा उनलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको थियो।

यसपल्टको टि२० विश्वकपमा प्लेयर अफ द सिरिज घोषित कुरानपछि अस्ट्रेलियाका क्यामरुन ग्रिन दोस्रो महंगा खेलाडी बने। उनका लागि मुम्बई इन्डियन्सले १७ करोड ५० ला खर्च गर्‍यो।

त्यसैगरी इंग्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्स तेस्रो महंगा खेलाडी बने। उनलाई कोलकाता नाइट राइडर्सले १६ करोड २५ लाख तिरेर अनुबन्ध गरेको हो। यसपल्टको मिनी अक्सनमा पहिलो करोडपति भने इंग्ल्यान्डका ह्यारी ब्रुक बनेका थिए। उनका लागि सनराइजर्स हैदराबादले १३ करोड २५ लाख भारु खर्च ग¥यो।

मिनी अक्सनमा बिक्री भएका खेलाडीको सूची :
केन विलियम्सन, गुजरात टाइटन्स, दुई करोड भारु
ह्यारी ब्रुक, सनराइजर्स हैदराबाद, १३ करोड २५ लाख भारु
मयांक अग्रवाल, सनराइजर्स हैदराबाद, ८ करोड २५ लाख भारु
अजिन्क्या रहाने, चेन्नाई सुपर किंग्स, ५० लाख भारु
साम कुरान, पंजा सुपर किंग्स, १९ करोड ५० लाख भारु
ओडिन स्मिथ, गुजरात टाइटन्स, ५० लाख भारु
सिकन्दर राजा, पंजाब सुपर किंग्स, ५० लाख भारु
जेसन होल्डर, राजस्थान रोयल्स, ५ करोड ७५ लाख भारु
क्यामरुन ग्रिन, १७ करोड ५० लाख भारु
बेन स्टोक्स, १६ करोड २५ लाख भारु
निकोलस पुरन, लखनउ सुपर जायन्ट्स, १६ करोड भारु
हेनरिच क्लासन, सनराइजर्स हैदराबाद, ५ करोड २५ लाख भारु
फिल साल्ट, दिल्ली क्यापिटल्स, २ करोड भारु
रिस टोप्ले, रोयल च्यालेन्जर्स बेंगलोर, १ करोड ९० लाख भारु
जयदेव उनादकाट, लखनउ सुपर जायन्ट्स, ५० लाख भारु
झाय रिचार्डसन, मुम्बई इन्डियन्स, १ करोड ५० लाख भारु
इशान्त शर्मा, दिल्ली क्यापिटल्स, ५० लाख भारु
आदिल रशिद, सनराइजर्स हैदराबाद, २ करोड भारु
मयांक मारकान्डे, सनराइजर्स हैदराबाद, ५० लाख भारु
शाइक रशिद, चेन्नाई सुपर किंग्स, २० लाख भारु
भिभ्रान्त शर्मा, सनराइजर्स हैदराबाद, २ करोड ६० लाख भारु
सामर्थ ब्यास, सनराइजर्स हैदराबाद, २० लाख भारु
सनभिर सिंह, सनराइजर्स हैदराबाद, २० लाख भारु
निशान्त सिन्धु, चेन्नाई सुपर किंग्स, ६० लाख भारु
एन जगदिशन, कोलकाता नाइट राइडर्स, ९० लाख भारु
केएस भारत, गुजरात टाइटन्स, १ करोड २० लाख भारु
उपेन्द्र सिंह यादव, सनराइजर्स हैदराबाद, २५ लाख भारु
भैभव अरोरा, कोलकाता नाइट राइडर्स, ६० लाख भारु
यश ठाकुर, लखनउ सुपर जायन्ट्स, ४५ लाख भारु
शिभम माभी, गुजरात टाइटन्स, ६ करोड भारु
मुकेश कुमार, दिल्ली क्यापिटल्स, ५ करोड ५० लाख भारु
हिमांशु शर्मा, रोयल च्यालेन्जर्स बेंगलोर, २० लाख भारु
मनिष पान्डे, दिल्ली क्यापिटल्स, २ करोड ४० लाख भारु
विल ज्याक्स, रोयल च्यालेन्जर्स बेंगलोर, ३ करोड २० लाख भारु
रोमारियो सेफर्ड, लखनउ सुपर जायन्ट्स, ५० लाख भारु
डानियल साम्स, लखनउ सुपर जायन्ट्स, ७५ लाख भारु
कायल जामिसन, चेन्नाई सुपर किंग्स, १ करोड भारु

प्रकाशित: ८ पुष २०७९ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =