राष्ट्रपति बन्न मिल्ने उमेरमा पुगेँ : माधवकुमार नेपाल

हिमाल प्रेस ७ पुष २०७९ १५:५३
12
SHARES
राष्ट्रपति बन्न मिल्ने उमेरमा पुगेँ : माधवकुमार नेपाल फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्न आफ्नो उमेर योग्य भएको बताएका छन्। ०६४ र ०७२ को निर्वाचनकै बेलामा आफूलाई राष्ट्रपति बन्न प्रस्ताव आए पनि त्यसबेला सक्रिय राजनीतिको उमेर भएको ठानेर स्वीकार नगरेको उनको भनाइ छ।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले अहिले भने आफू राष्ट्रपति बन्न सही उमेरमा पुगेको बताएका हुन्।

‘मलाई ०६४ सालमा पनि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो। ०७२ सालमा संविधान जारी भएपछि पनि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो। त्यस बेला मैले उमेरका कारण म सक्रिय राजनीति गर्ने अवस्थामा छु भनेर अस्वीकार गरेको थिएँ,’ उनले भने, ‘हुन त दलका शीर्ष नेताहरूसँग यस विषयमा छलफल भएको छैन, तर उमेरकै कारण राष्ट्रपति बन्दिनँ भन्ने अवस्था छैन।’

प्रकाशित: ७ पुष २०७९ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + six =