हुस्सुले बाह्य तथा आन्तरिक उडान प्रभावित

हिमाल प्रेस ७ पुष २०७९ १०:१८
4
SHARES
हुस्सुले बाह्य तथा आन्तरिक उडान प्रभावित फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्। बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका हुन्।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए। ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ,’ उनले भने।

मौसममा सुधार आएपछि नियमित रूपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए। अहिले केही मौसममा सुधार आएकाले अन्तर्राष्ट्रिय विमानहरू अवतरण भइरहेका छन् ।

यता आन्तरिक उडानतर्फ भने भैरहवा, विराटनगर, धनगढी र सिमराको उडान ठप्पजस्तै छ। त्यहाँको मौसम नखुलेकाले उडान हुन नसकेको विमानस्थले जनाएको छ।

पोखराको मौसममा भने विस्तारै सुधार आइरहेको बताइएको छ।

प्रकाशित: ७ पुष २०७९ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =