‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘आग्रे’ उत्कृष्ट

हिमाल प्रेस ६ पुष २०७९ १७:२०
4
SHARES
‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘आग्रे’ उत्कृष्ट

काठमाडौँ- ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को १० औँ संस्करण सकिएको छ।

नेपाल पर्यटन बोर्डमा भएको फिल्म महोत्सवमा नन फिक्सन (नेपाल) तर्फ ‘आग्रे (द आइरन डिगर)’ उत्कृष्ट भएको छ। अनिल बुढामगरको निर्देशन रहेको डकुमेन्ट्री ५१ मिनेट लामो रहेको छ।

वृत्तचित्रमा रोल्पाको जेलबाङ गाउँको कथा छ। वर्षौंदेखि फलाम खानीमा काम गर्ने रोल्पाली वृद्धको संघर्ष त्यसमा देखाइएको छ।

नेपाल सरकारले खानी बन्द गरेपछि गाउँलेको जीवनमा परेको असरलाई डकुमेन्ट्रीमा देखाइएको छ।

महोत्सवमा  ‘स्पेसल मेन्सन’ अवार्ड ‘थ्रो द सिङ्गिङ भिलेज’ र ‘डेथस् अनएक्प्लेन्ड’ले पाएका छन्।

सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म महोत्सव भएको सञ्चालन भएको थियो।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना भएको महोत्सवमा विश्वभरिबाट खुला आवेदनमार्फत संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ फिल्म देखाइएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =