द ब्रिटिश कलेज र उपकेयर हेल्थबीच सम्झौता

हिमाल प्रेस ६ पुष २०७९ १६:४६
10
SHARES
द ब्रिटिश कलेज र उपकेयर हेल्थबीच सम्झौता

काठमाडौँ- द ब्रिटिश कलेज र उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ। सम्झौताअनुसार उपकेयरले ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीलाई प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउनेछ।

बेलायतमा केन्द्रीय कार्यालय रहेको उपकेयरले दक्षिण एसियाको प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न डिजिटल प्लेटफर्म प्रयोग गर्दै सेवा दिइरहेको छ।

यो संस्था बेलायती चिकित्सक र इन्जिनियरले समतामूलक, पहुँचयोग्य र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन्।

उपकेयरले आर्टिफिसियल इन्टेलिजेन्समार्फत् सञ्चालन हुने डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ।

प्रकाशित: ६ पुष २०७९ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =