द ब्रिटिश कलेजको दोस्रो दीक्षान्त समारोह सम्पन्‍न

हिमाल प्रेस १ पुष २०७९ १२:१२
8
SHARES
द ब्रिटिश कलेजको दोस्रो दीक्षान्त समारोह सम्पन्‍न
काठमाडौँ- द ब्रिटिश कलेजको दोस्रो दीक्षान्त सामारोह, २०२२ सम्पन्न भएको छ। यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तीर्ण एमएससी आईटीका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन्।
द ब्रिटिश कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे।
उनले भने, ‘विदेशी विश्वविद्यालयबाट व्यावहारिक र सीपमूलक शिक्षा पाएकाले रोजगारीको समस्या छैन।’
समारोहका लागि ब्रिटिश कलेजकी प्राचार्य मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए।
प्रकाशित: १ पुष २०७९ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 12 =