‘संसद्का महासचिवले दिएको पत्र गलत छ, राणालाई सर्वोच्च छिर्न दिँदैनौँ’

हिमाल प्रेस २१ मंसिर २०७९ १४:४० | Wednesday, December 7, 2022
‘संसद्का महासचिवले दिएको पत्र गलत छ, राणालाई सर्वोच्च छिर्न दिँदैनौँ’

काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै धर्ना सुरु गरेको छ। नेपाल बारका पूर्वाध्यक्ष चण्डेश्वर श्रेष्ठले संसद् सचिवालयका महासचिव भरतराज गौतमले राणामाथिको निलम्बन निष्क्रिय भएको भनेर लेखेको पत्र नै गलत भएको भन्दै यस्तो बताएका हुन्।

संसद् सचिवालयले निलम्बन निष्क्रिय भएको पत्र दिएपछि राणा आज नै सर्वोच्च जाने तयारीमा छन्।
‘संसद् सचिवालयले गर्ने काम नै होइन यो। त्यसैमाथि महासचिवले लेखेको पत्र नै गलत छ,’ श्रेष्ठले हिमालप्रेससँग भने, ‘सांसदले निलम्बन प्रस्ताव दर्ता गरेका हुन्। कर्मचारीले फुकुवा गर्न कहाँ पाउँछ? हामी राणालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौँ अहिले नै धर्ना सुरु गरिसकेका छौँ।’

सभामुखमार्फत अघि बढ्ने भनेर रोकिएको प्रस्ताव महासचिवले गलत अधिकार प्रयोग गरेर निष्क्रिय भएको भनिएको आरोप नेपाल बारको छ।

प्रकाशित: २१ मंसिर २०७९ १४:४० | Wednesday, December 7, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast