झनै कमजोर बन्यो माओवादी

हिमाल प्रेस १० मंसिर २०७९ १०:१५
4
SHARES
झनै कमजोर बन्यो माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झड्का व्यहोरेको छ। पाँच वर्षअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ।

वाम गठबन्धन (एमाले-माओवादी)को सहायताले उल्लेखीय सिट जिते पनि यसपल्ट माओवादी कमजोर बनेको छ। पाँच दलीय गठबन्धनसहित निर्वाचनमा होमिदा पनि माओवादीलाई फाइदा भएन। गठबन्धनबाट नसोचेको परिणाम आएको माओवादी केन्द्रकै नेता-कार्यकर्ताको गुनासो छ।

माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ। महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन्। माओवादीले आफ्नो सिट घट्नुमा कांग्रेसलाई दोष दिएको छ। माओवादी नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले कांग्रेस गठबन्धनप्रति इमानदार नभएको आरोप लगाएका छन्। अन्य नेताले पनि कांग्रेसले मात्र गठबन्धनबाट फाइदा लिएको बताउँदै आएका छन्।

माओवादीले जितेका निर्वाचन क्षेत्र
माओवादीले खोटाङ १ मा जितेको छ। खोटाङ १ बाट रामकुमार राई निर्वाचित भएका छन्।

भोजपुरमा सुदन किँराती, मोरङ ४ बाट अमनलाल मोदी, काभ्रे १ बाट सूर्यमान तामाङ, नुवाकोट १ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक १ बाट माधव सापकोटा र सिन्धुली २ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन्।

त्यस्तै, गोरखा २ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागलुङ २ बाट देवेन्द्र पौडेल, दाङ २ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन्।

२०६४ को संविधानसभाको निर्वाचनमा माओवादी एक्लैले १२० सिट जितेको थियो। त्यसपछि भने माओवादीको आरोलो यात्रा सुरु भएको छ। पार्टीभित्रको टुटफुटका कारण माओवादी कमजोर बनेको विश्लेषकहरूको भनाइ छ।

 

 

प्रकाशित: १० मंसिर २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =