डोटीको विकासमा अहोरात्र खट्छु : प्रेम आले

हिमाल प्रेस ९ मंसिर २०७९ १७:१०
10
SHARES
डोटीको विकासमा अहोरात्र खट्छु : प्रेम आले

डोटी– नेकपा एकीकृत समाजवादी का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेम आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन्।

प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन शुक्रबार डोटीमा आयोजित कार्यक्रममा बोल्दै आलेले यस्तो बताएका हुन्।

आलेले  आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायलहुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए।

‘जनताबीचमा विकास निर्माणमा मैले गरेको प्रतिबद्धता पूरा गर्छु। मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु,’ उनले भने।

उनले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने उल्लेख गरे।

संघीय  संसद्‍मा उनको यो लगातार तेस्रोपटक विजय हो। डोटी २ बाट ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी उनी ०७४ र हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: ९ मंसिर २०७९ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =