धनुषा ३ बाट जुलीकुमारी महतो विजयी

हिमाल प्रेस ९ मंसिर २०७९ ९:२५
16
SHARES
धनुषा ३ बाट जुलीकुमारी महतो विजयी

धनुषा- धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन्। उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भए।

निर्वाचन आयोगका अनुसार एमाले नेत्रृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेका छन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरे। महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन्।

दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी थिइन्। यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

प्रकाशित: ९ मंसिर २०७९ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 5 =