कास्की ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका बैरागी निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ ८:३०
2
SHARE
कास्की ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका बैरागी निर्वाचित

पोखरा- कास्की क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर पौडेल वैरागी निर्वाचित भएका छन्। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनलाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन्।

निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरे। बरालको पक्षमा १७ हजार ५ सय ३५ मत परेको छ। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाए। कास्की ३९१० मा एमालेका गणेशमान गुरुङ र कास्की ३९२० मा कांग्रेसका प्रकाश बराल निर्वाचित भइसकेका छन् ।

प्रकाशित: ९ मंसिर २०७९ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =