धादिङ १ (ख) मा माओवादीका जम्कट्टेल विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १६:४२
14
SHARES
धादिङ १ (ख) मा माओवादीका जम्कट्टेल विजयी फाइल तस्बिर।

धादिङ– धादिङ १ (ख) मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल विजयी भएका छन्। नेकपा एमालेका गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन्।

यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कूल ३५ हजार नौ सय पाँच मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ हजार नौ सय तीन मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार चार सय ७८ मत प्राप्त गरेका छन्।

जम्कट्टेल ०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचित भई बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =