डोटीबाट प्रतिनिधिसभामा प्रेम आलेको जित

हिमाल प्रेस ८ मंसिर २०७९ ७:५६
4
SHARES
डोटीबाट प्रतिनिधिसभामा प्रेम आलेको जित

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य प्रेमबहादुर आलेले डोटीबाट प्रतिनिधिसभामा जितेका छन्। ०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट सांसदमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन्।

आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन्। कांग्रेसका बागी नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे।

 

प्रकाशित: ८ मंसिर २०७९ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =