हारपछि ओनसरीले भनिन्- एकपटकको हारले जनताप्रतिको जिम्मेवारी समाप्‍त हुँदैन

हिमाल प्रेस ७ मंसिर २०७९ १२:५१
4
SHARES
हारपछि ओनसरीले भनिन्- एकपटकको हारले जनताप्रतिको जिम्मेवारी समाप्‍त हुँदैन

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी नेत्रृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन्। काठमाडौँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्वाभाविक रूपमा लिएको उल्लेख गरेकी छन्। उनले काठमाडौँ २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन्।

‘निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो, यसलाई मैले स्वाभाविकरूपमा लिएकी छु। आवधिक निर्वाचनमा एकपटकको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हॅुदैन र हुन पनि सक्दैन।’

उनले लेखेकी छन्,‘आजको राजनीतिक र सामाजिक परिवर्तन ल्याउन तथा सभामुख र अन्य राजकीय जिम्मेवारीमा रहेर मुलुकका लागि मैले विगतमा निर्वाह गरेको भूमिकाको इतिहासमा सदैव लिपिबद्ध भई नै रहने छ। आगामी दिनमा पनि मेरो भूमिकामा कुनै कमी आउने छैन,’ घर्तीले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनले काठमाडौँ २ आफ्नो कर्मथलो भइसकेको बताउँदै पाँच वर्ष त्यहीँको विकास र जनताको जीवनस्तर उकास्न लागिपर्ने उल्लेख गरेकी छन्।

प्रकाशित: ७ मंसिर २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =