नेपालमा थप तीन जनामा कोरोना संक्रमण

हिमाल प्रेस ३ मंसिर २०७९ १३:००
नेपालमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।​ देशभर गरिएको ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस अवधिमा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन्। हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: ३ मंसिर २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =