आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनको संयुक्त अपिल

हिमाल प्रेस १ मंसिर २०७९ ४:३८
आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनको संयुक्त अपिल

काठमाडौँ- सत्ता गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि आफ्ना उम्मेदवारलाई मतदान गर्न संयुक्त अपिल गरेको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै गठबन्धनले मंसिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन आह्वान गरेको हो।

विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन्।

‘गठबन्धनका प्राथमिकताहरू अहिले पनि उत्तिकै प्रष्ट छन् । संविधानमाथि कुनै खालको आक्रमण  हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदांगो पार्दै परास्त गर्नु परेको छ । यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो।’

प्रकाशित: १ मंसिर २०७९ ४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =