कौशलटारबाट चितुवा नियन्त्रणमा

हिमाल प्रेस २४ कार्तिक २०८० ११:४६ | Friday, November 10, 2023
कौशलटारबाट चितुवा नियन्त्रणमा

काठमाडौँ- भक्तपुरको मध्यपुरठिमी-३ कौशलटारबाट चितुवा नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालय काठमाडौँका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोलीले चितुवा नियन्त्रणमा लिएको हो।

एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो। चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौँको टोलीलाई खबर गरेको थियो। त्यसपछि पराजुलीको नेतृत्वमा टोली परिचालित भएको थियो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चितुवाको आक्रमणबाट दुई जना सामान्य घाइते पनि भएका छन्।

 

तस्बिर : दिपेश श्रेष्ठ / हिमाल प्रेस

प्रकाशित: २४ कार्तिक २०८० ११:४६ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast