जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन

हिमाल प्रेस २४ कार्तिक २०८० ६:५६ | Friday, November 10, 2023
जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ। कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो।

समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्तीमगर र दिपेश तिमल्सैना जैसी रहेका छन्।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश समितिका सहइन्चार्ज भीमबहादुर थापा, राजनीतिक समिति सदस्य मालामती रानालगायतको उपस्थिति थियो।

 

प्रकाशित: २४ कार्तिक २०८० ६:५६ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast