बुटवलमा दीपावली महोत्सव हुने

हिमाल प्रेस २३ कार्तिक २०८० २०:४८
12
SHARES
बुटवलमा दीपावली महोत्सव हुने

लुम्बिनी- तिहारको अवसर पारी यही कात्तिक २५, २६ र २७ गते बुटवलमा दीपावली महोत्सव हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा तीन दिने ‘दीपावली महोत्सव हुने भएको हो। संघको बिहीबार बसेको बैठकले दीपावली महोत्सवका लागि उपसमिति गठन गर्ने निर्णय गरेको छ।

दीपावली महोत्सव सञ्चालनका लागि ६ वटा विभिन्न उपसमितिहरू गठन गरिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए। बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाइन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिने छ।

बुटवलको खस्किँदो व्यापारलाई प्रवर्द्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गर्न लागिएको संघका अध्यक्ष अर्यालले बताए। दीपावली महोत्सवको लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा बुटवल उपमहानगरपालिका वडा नं. ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहने महासचिव मुक्ति अधिकारीले बताए।

प्रकाशित: २३ कार्तिक २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =