जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

हिमाल प्रेस २३ कार्तिक २०८० ८:५१
10
SHARES
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प फाइल तस्बिर

जाजरकोट- जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि यहाँ निरन्तर भूकम्प गइरहेको छ।

शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी एक ५३ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घरमा क्षति पुगेको छ।

जाजरकोटमा मात्रै भूकम्पबाट ३४ हजार ५ सय १ घरधुरीका एक लाख ७९ हजार ८ सय ९३ जना प्रभावित भएका छन्।

प्रकाशित: २३ कार्तिक २०८० ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast