झारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने पक्राउ

हिमाल प्रेस २३ साउन २०८३ ८:४२ | Saturday, August 8, 2026
16
SHARES
झारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने पक्राउ

जाजरकोट- जाजरकोटमा झारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका ६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने पक्राउ परेका हुन्। उनले झारफुकका नाममा १४ वर्षीया बालकामाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

उक्त घटना असार ५ गतेको रहेको पनि प्रहरीले जनाएको छ। भिडिओ भाइरल भएपछि प्रहरीले सोही आधारमा साउन २१ गते उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट पाँच दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी इन्स्पेक्टर सुधिर कुमार खड्काले जानकारी दिए।

 

प्रकाशित: २३ साउन २०८३ ८:४२ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast