२२ निर्माण व्यवसायीलाई सोधियो स्पष्टीकरण

हिमाल प्रेस २२ कार्तिक २०८० ८:३९
6
SHARES
२२ निर्माण व्यवसायीलाई सोधियो स्पष्टीकरण

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय २२ निर्माण व्यवसायी/ आपूर्तिकर्ताहरूलाई ७ लिने लिखित स्पष्टीकरण सोधेको छ।

जिम्माको काम पूरा नगरेको भन्दै अनुगमन कार्यालयले ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो। तर, हालसम्म पनि त्यसको जवाफ नआएको भन्दै सात दिनभित्र स्पष्टीरण पेस गर्न सार्वजनिक सूचना निकालेको हो।

स्पष्टीकरण सोधिएका कम्पनीमा इजोन निर्माण सेवा, चन्दननाथ नगरपालिका– ३, जुम्ला, रोहित निर्माण सेवा, बेल्वा–८, पर्सा, सभिल डेस्क इन्जिनियरिङ कन्सल्टेल्सी प्रालि, पुल्चोक, ललितपुर छन्।

त्यस्तै, भूमि इन्फ्रास्ट्रक्चर प्रा लि, विराटनगर, मोरङ, शिवालय विल्डर्स, हेटौंडा–६, मकवानपुर, धिताल बिल्डर्स, नौबस्ता – ०८, बाँके, कुटुम्ब कन्स्ट्रक्सन, ठाकुरबाबा–९, बर्दिया रहेका छन्।

यसैगरी, जेके विल्डर्स, कोहलपुर– ११, बाँके, त्रिवेणी निर्माण सेवा, पुम्दीभुम्दी–४, कास्की आदि रहेका छन्।

प्रकाशित: २२ कार्तिक २०८० ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =