पुनर्बीमा कम्पनीले भूकम्पपीडितलाई गर्‍यो २५ लाख सहयोग

हिमाल प्रेस २१ कार्तिक २०८० १८:३७
8
SHARES
पुनर्बीमा कम्पनीले भूकम्पपीडितलाई गर्‍यो २५ लाख सहयोग

काठमाडौँ- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको छ।

कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो।

कम्पनीले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ। १७ गते राती जाजरकोट केन्द्रविन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको हो।

वार्षिकोत्सवको अवसरमा कम्पनीले १७ गते दिउँसो रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा ८० जनाले सहभागिता जनाएकामा ६८ जनाले रक्तदान गरेका हुन्। रक्तदाताप्रति नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आभार व्यक्त गरेको छ।

साथै, कम्पनीले आज बिहान सम्पन्न गरेको प्रभातफेरि कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast