भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

हिमाल प्रेस १९ कार्तिक २०८० ७:१८
14
SHARES
भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

काठमाडौँ- जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्रको टोली जाजरकोट पुगेको छ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो।

उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए। ‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ,’ घिमिरेले भने।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको पनि बताए। पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उनको भनाइ छ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि पनि पराकम्प गइरहेका छन्। केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर शुक्रबार राति १२:८ बजे ४.५, १२:२९ बजे ४.२, १२:३५ बजे ४.३ र शनिबार दिउँसो ३:४० बजे ४.२ रेक्टरस्केलको पराकम्प गएको थिए। रासस

प्रकाशित: १९ कार्तिक २०८० ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast