जनयुद्ध दिवसको निर्णय लिँदा केपी ओलीलाई सोधेको थिए : प्रचण्ड

हिमाल प्रेस १६ कार्तिक २०८० ७:०० | Thursday, November 2, 2023
जनयुद्ध दिवसको निर्णय लिँदा केपी ओलीलाई सोधेको थिए : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसको बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप लगाएका छन्।

आफूले जनयुद्ध दिवसको निर्णय लिँदा ओलीले मौन स्वीकृति दिएको तर गठबन्धन परिवर्तन गरेपछि आपत्ति जनाएको प्रचण्डको आरोप छ।

‘जनयुद्ध दिवस (फागुन १) को निर्णय लिने समयमा मैले ओलीलाई सोधेको थिए। उहाँले गर्दा हुन्छ भन्ने आशय प्रकट गर्नुभयो,’ प्रचण्डले भने,‘तर, पछि गठबन्धन परिवर्तन भएपछि ओलीले आपत्ति जनाउनुभयो।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले ओलीले सत्ताको कुन्ठा देखाएको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले नेपालको शान्ति प्रक्रियाका विषयमा पनि ओलीले भ्रम छरेको आरोप लगाए।

प्रकाशित: १६ कार्तिक २०८० ७:०० | Thursday, November 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast