काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ।
हिजो एक लाख १६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ५०० रुपैयाँले घट्दै एक लाख १६ हजार रुपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुन आज प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन हिजो प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढ्दै एक हजार ४२० रुपैयाँ कायम छ। चाँदी हिजो प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: १४ कार्तिक २०८० १०:४९ | Tuesday, October 31, 2023
प्रतिक्रिया




