तनहुँमा साढे ६ हजारलाई डेंगु

हिमाल प्रेस १४ कार्तिक २०८० ६:३८ | Tuesday, October 31, 2023
तनहुँमा साढे ६ हजारलाई डेंगु सांकेतिक तस्बिर।

तनहुँ- जिल्लामा दैनिक डेंगु संक्रमितको संख्या बढेको छ। दुई महिनाको अवधिमा ६ हजार ४८४ संक्रमित भएका छन्।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार संक्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन्। कुल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा एक हजार ३८६ जना रहेका छन्। वडा नम्बर २ मा एक हजार ३२८ जना संक्रमित भएका छन्। हालसम्म यहाँ डेङ्गुबाट चारजनाको मृत्यु भएको छ।

डेंगुसंक्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न परिपत्र गरिएको अधिकारीको भनाइ छ। उनका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ।

स्थानीय अस्पतालको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीलाई उपचार गर्ने र जटिलता उत्पन्न हुन सक्ने भएमा बहुविशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी पठाउन सबै अस्पताललाई निर्देशन दिइएको छ।

प्रकाशित: १४ कार्तिक २०८० ६:३८ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast