नेपालको सुखद सुरुवात : सिंगापुरमाथि आठ विकेटको जित

हिमाल प्रेस १३ कार्तिक २०८० १२:११ | Monday, October 30, 2023
नेपालको सुखद सुरुवात : सिंगापुरमाथि आठ विकेटको जित

काठमाडौँ- आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो।

टस जितेको सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमै खेल जित्यो। भुर्तेलले ७४ रन बनाए। यसैगरी आसिफ शेखले २७ रन बनाए। कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो। सिंगापुरका ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए। आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाए।

नेपालका लागि अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले दुईदुई विकेट लिएका थिए।

दीपेन्द्रसिंह ऐरी खेल सुरु हुनुअघि अभ्यास खेलको क्रममा घाइते भएका छन्। उनको खुट्टमा चोट लागेपछि प्लेइङ ११ मा उनको स्थानमा विवेक यादव खेलेका छन्। विवेक सुरुवातमा प्लेइङ–११ मा थिएनन्। नेपालले ललितनारायण राजवंशीको स्थानमा सन्दीप लामिछानेलाई खेलाएको थियो।

प्रकाशित: १३ कार्तिक २०८० १२:११ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast