सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

हिमाल प्रेस १३ कार्तिक २०८० ११:१३ | Monday, October 30, 2023
सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य तस्बिर स्रोत : क्यान

काठमाडौँ- सिंगापुरले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको हो।

सिंगापुरका ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका छन्। आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाए।
नेपालका लागि अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले दुईदुई विकेट लिएका थिए।

दीपेन्द्रसिंह ऐरी खेल सुरु हुनुअघि अभ्यास खेलको क्रममा घाइते भएका छन्। उनको खुट्टमा चोट लागेपछि प्लेइङ ११ मा उनको स्थानमा विवेक यादव खेलेका छन्। विवेक सुरुवातमा प्लेइङ-११ मा थिएनन्। नेपालले ललितनारायण राजवंशीको स्थानमा सन्दीप लामिछानेलाई खेलाएको छ।

नेपाल दोस्रो पटक टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ। नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा टी २० विश्वकप खेलेको थियो। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने, अभिनाश बोहरा छन्।

प्रकाशित: १३ कार्तिक २०८० ११:१३ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast