इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका नेपालीको शव त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर
काठमाडौँ- इजरायलमा मारिएका १० मध्ये ८ नेपाली विद्यार्थीको पहिचान भएको छ। तेल इजरायल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आज (आइतबार) थप ३ जना विद्यार्थीको शव पहिचान भएको हो।
पहिचान हुने विद्यार्थीमा पदम थापा, प्रवेश भण्डारी र राजन फुलारा रहेका छन्। बाँकी दुई विद्यार्थीको पनि शव पहिचानको क्रममा रहेको दूतावासले जनाएको छ। साथै सम्पर्कविहीन रहेका विपिन जोशीको पनि खोजी कार्य जारी राखिएको छ।
यसअघि पहिचान भएका पाँच विद्यार्थीको शव नेपाल ल्याइसकिएको छ। गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरू इजरायल गएका थिए।

प्रकाशित: १२ कार्तिक २०८० १९:५० | Sunday, October 29, 2023
प्रतिक्रिया


