एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

हिमाल प्रेस ११ कार्तिक २०८० १३:३६ | Saturday, October 28, 2023
एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन्। प्रेस चौतारी दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरूले समर्थन गरेको जानकारी दिए।

उनले आधारभूत विश्वव्यापी मान्यताअनुरूप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताए। महासचिव पोखरेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैंकको लगानीमा सुरु भए अवस्था सुधार नहुने बताए।

‘फेरि पनि एक्जिम बैंकले चारलेन बनाउने कुरा आएको छ। नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन’, उनले भने, ‘एक्जिम बैंकले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन।’

प्रकाशित: ११ कार्तिक २०८० १३:३६ | Saturday, October 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast