रसियाका लागि लड्ने नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा

हिमाल प्रेस ३ कार्तिक २०८० १६:०५ | Friday, October 20, 2023
रसियाका लागि लड्ने नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा

काठमाडौँ- रसियाका लागि लड्ने एक नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा परेका छन्। पश्चिम नेपालको बर्दियाका विवेक खत्रीलाई युक्रेनको सेनाले युक्रेनको एभ्डिभ्का क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

युक्रेनका आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टोन ग्रिरासइन्कोले ट्वीट गर्दै खत्रीले रसियाको रक्षा मन्त्रालयसँग सम्झौता गरेर रसियाको ‘एयरबोर्न फोर्सेस् बिग्रेड’मा काम गर्दै आएको उल्लेख गरेका छन्।

एन्टोनले सेयर गरेको ट्वीट भिडियोमा खत्रीले भनेका छन्, ‘मेरो परिवार समस्यामा छ। मेरो आमाले काम गर्न सक्नुहुन्न। त्यसकारण म यो काम गर्न बाध्य भएको हुँ।’ खत्रीले साथीहरूको सल्लाहले रसियन सेनामा आवद्ध भएको पनि उल्लेख गरेका छन्।

प्रकाशित: ३ कार्तिक २०८० १६:०५ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast