नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

हिमाल प्रेस १ कार्तिक २०८० १५:३१ | Wednesday, October 18, 2023
नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

काठमाडौँ- नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन्। संघको प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई संरक्षक चयन गरेको छ भने तीन उपाध्यक्षमा प्रज्वलजंग पाण्डे, सुनिल केसी र शक्तिकुमार बेगानी रहेका छन्। यस्तै महासचिवमा विश्वेश श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सिग्देल निर्वाचित भएको संघले जनाएको छ। संघको दुई सचिवमा सीताराम थापा र उरुषा चापागाई निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा अर्जुन पौडेल, विजय पौडेल, भरत श्रेष्ठ, चेतन भण्डारी, डीमप्रसाद पौडेल, गोर्मे दोर्जी शेर्पा, निलकृष्ण ताम्राकार र प्रदीक्षा शर्मा निर्वाचित भएको संघले जनाएको छ। प्रकाशबहादुर खत्री, प्रकाश पाण्डे, राजेन्द्र ढकाल, राजेन्द्र सापकोटा, राजेश लामा, राकेशकुमार अडुकिया, सञ्जीवकुमार पाण्डे, शिव ढकाल र उत्तम सिलवाल पनि संघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

तिमिल्सिनाले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध विस्तारसँगै लगानी, पर्यटन तथा व्यापारिक क्षेत्रमा संघले घनिभूत ढंगले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्। नेपाली वस्तुको फिनल्याण्डमा निकासीको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा निकासी प्रवद्र्धनसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने बताए।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले फिनल्याण्डबाट ३० करोड ४७ लाख रुपैयाँ बराबरका वस्तु आयात गरी ८ करोड ५७ लाख ६१ हजार मूल्य बराबरको निकासी गरेको थियो।

प्रकाशित: १ कार्तिक २०८० १५:३१ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast