दसैँमा घर जाने सैनिक तथा परिवारलाई यातायात सुविधा

हिमाल प्रेस ३० असोज २०८० २१:१७ | Tuesday, October 17, 2023
दसैँमा घर जाने सैनिक तथा परिवारलाई यातायात सुविधा

काठमाडौँ– २०८० सालको बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराइने भएको छ।

सोही उद्देश्यका साथ असोज २१ गतेबाट ३० गतेसम्म मुलुकका विभिन्न स्थानहरूमा स्थल तथा हवाई यातायात सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत ४२१ जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरूलगायत लामो दुरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ६०५ जना गरी हालसम्म १०२६ जना सकलदर्जा एवं आश्रित परिवारले यात्रा गरिसकेका छन्।

यस पटकको यातायात सुविधा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ३० असोज २०८० २१:१७ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast