सामसङले ल्यायो क्यूएलईडी टीभीको सी सिरिज

हिमाल प्रेस २९ असोज २०८० १३:४१
सामसङले ल्यायो क्यूएलईडी टीभीको सी सिरिज

काठमाडौँ- सामसङले आफ्नो क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभी सेटको नयाँ लाइनअप २०२३ सी–सिरिज टीभी सार्वजनिक गरेको छ। नयाँ लाइनअपको टीभीहरू ४३ देखि ८५ इन्चसम्मका आकारमा उपलब्ध छन्।

यी नयाँ २०२३ क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभीमा सामसङको फ्ल्यागसिप विशेषताहरू जडित छन्। जस्तै– सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट इन एआई भ्वाइस असिस्टेन्ट बिक्सबी, स्मार्टथिङ्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा छ।

यी टीभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अडजस्ट गर्नको लागि आईओटी लाइट सेन्सरको सुविधा पनि रहेको छ। यसैसँगै सी सिरिजका टीभी वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन्। यसको साथसाथै ३१ डिसेम्बर २०२३ भित्र खरिद गरिएका टीभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको कम्पनीले जनाएको छ।

प्रकाशित: २९ असोज २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =