नयाँ नोट सटही आजदेखि

हिमाल प्रेस २९ असोज २०८० ११:३२ | Monday, October 16, 2023
नयाँ नोट सटही आजदेखि फाइल तस्बिर।

काठमाडौँ- नयाँ नोट सोमबारदेखि साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरूमा शाखामा नयाँ नोट साट्न पाइनेछ।

उपत्यकाबाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन्। पाँच, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइनेछ।

प्रकाशित: २९ असोज २०८० ११:३२ | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast