इजरायलमा निधन भएका १० नेपालीमध्ये ५ जनाको शव प्राप्त

हिमाल प्रेस २८ असोज २०८० २०:४८ | Sunday, October 15, 2023
इजरायलमा निधन भएका १० नेपालीमध्ये ५ जनाको शव प्राप्त

काठमाडौँ- हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव प्राप्त भएको छ। इजरायलस्थित नेपाली दूतावासले हालसम्म ५ जनाको शव प्राप्त भएको जनाएको हो।

दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको हो। अन्य शव पनि प्राप्त हुने क्रममा रहेको दूतावासले जनाएको छ। ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। दूतावासले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी कार्य तीव्र पारेको पनि जनाएको छ।

साथै आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्। एक जना नेपाल पुगिसकेको र एक जना आफूहरूको हेरचाहमा रहेको दूतावासले जनाएको छ।

प्रकाशित: २८ असोज २०८० २०:४८ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast