हर्क साम्पाङले भने- दलित समुदायलाई ठेस पुगेकोमा क्षमा चाहन्छु

हिमाल प्रेस ३ पुष २०७९ १८:४० | Sunday, December 18, 2022
हर्क साम्पाङले भने- दलित समुदायलाई ठेस पुगेकोमा क्षमा चाहन्छु

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कुनै पनि समुदायलाई ठेस पुर्‍याउने आफ्नो निहित उद्देश्य नरहेको स्पष्ट पारेका छन्। केही साताअघि साम्पाङले आफ्नो फेसबुक पेजमार्फत ‘चमारे’ शब्द उल्लेख गरेका थिए। उक्त शब्दप्रति दलित समुदायका व्यक्तिले आफूहरूमाथि व्यंग्य गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भएको थियो।

‘मैले पोस्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको रहेछ,’ आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्,’यसका लागि म क्षमाप्रार्थि छु। कसैलाई ठेस पुर्‍याउने नियतवश सो स्टाटस पोस्ट नगरेको जानकारी गराउँछु।’

प्रकाशित: ३ पुष २०७९ १८:४० | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast