उम्मेदवार नहुने भन्दै शशांकले भने : संसदीय दलको नेतामा दाजु शेखर उठ्दा मलाई सकस हुने भो

हिमाल प्रेस ३ पुष २०७९ १७:४७ | Sunday, December 18, 2022
उम्मेदवार नहुने भन्दै शशांकले भने : संसदीय दलको नेतामा दाजु शेखर उठ्दा मलाई सकस हुने भो

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संसदीय दलको नेतामा चुनाव नलड्ने बताएका छन्। आइतबार पार्टी मुख्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय दलको नेतामा चुनाव नलड्ने मनस्थितिमा आफू पुगेको बताएका हुन्।

‘संसदीय दलको नेतामा ३/४ जना छन्। शेरबहादुरजीसँगै मेरो दाजु शोखर कोइराला र गगनजी पनि छन्। पहिला दाबी थियो। तर, परिस्थिति हेरेर म पछि हटेँ। अब म उमेदवार होइन,’ उनले भने, ‘शेरबहादुरजीसँगै दाइ (शेखर) पनि हुँदा उमेदवार हुँदा सकस हुने देख्छु। मेरो समर्थन देउवा तिर पनि हुन सक्छ। म सोचेर मत दिन्छु।’

 

प्रकाशित: ३ पुष २०७९ १७:४७ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast