एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको सुरुवात

हिमाल प्रेस २६ असोज २०८० १६:०६ | Friday, October 13, 2023
एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको सुरुवात

काठमाडौँ– एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ। यस हबको प्रयोग गरी ग्राहकले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, स्याट, फ्लाइवायर, स्विफ्ट, जीआरई, एसीसीएलगायतको अनलाइन भुक्तानी सेवा लिन सक्नेछन्।

एनएमबि इपेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरण प्रयोग गरी सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकको दाबी छ।

द फाइनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ। बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ। एनएमबी बैंकले २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २६ असोज २०८० १६:०६ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast