‘सैम बहादुर’को टिजर सार्वजनिक

हिमाल प्रेस २६ असोज २०८० १५:३६ | Friday, October 13, 2023
‘सैम बहादुर’को टिजर सार्वजनिक

काठमाडौँ- बलिउड अभिनेता विक्की कौशल मुख्य भूमिकामा रहेको फिल्म ‘सैम बहादुर’को टिजर सार्वजनिक भएको छ। बहुप्रतीक्षित फिल्ममा विक्कीले भारतीय थल सेनाका पूर्वअधिकारी सैम मानेकशाको भूमिका निर्वाह गरेका छन्।

सेनाका पूर्वअधिकारीको भूमिकामा विक्की निकै जमेका छन्। उनको अभिनयको धेरैले प्रशंसा गरिरहेका छन्। फिल्म सन् १९७० को युद्ध देखाइनेछ। त्यो युद्धपछि नै बंगलादेश बनेको थियो। युद्धमा पाकिस्तानलाई हराउने र नयाँ राष्ट्र निर्माणको श्रेय सैमलाई नै दिइएको छ।

सैम मानेकशाको बायोपिकको निर्देशन मेघना गुलजारले गरेकी छन्। विक्की र मेघनाले फिल्म ‘राजी’मा पनि सँगै काम गरेका थिए। डिसेम्बर १ मा फिल्म प्रदर्शनमा आउनेछ।

प्रकाशित: २६ असोज २०८० १५:३६ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast